२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोमका प्रत्येक वडामा सार्वजनिक सुनुवाई



जनताको गुनासा सुनेपछि आगामी बजेट बनाउन हामीलाई सहयोग मिल्छ

 

ललितखबर
१९ बैशाख । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
आज बैशाख १९ गतेबाट गाँउपालिकाको १ नम्बर वडा चौघरेबाट सुनुवाई सुरु हुँदैछ ।
गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाका अनुसार आगामी जेठ २ गतेसम्म चौघरे,नल्लु, भारदेउ र शंखुमा सार्वजनिक सुनुवाई आयोजना रहेको जानकारी दिएका छन् । उनले भने, ‘जेठ २ गते गाँउपालिकामा सार्वजनिक सुनुवाई गरेर जनताका गुनासा सुन्छौं । जनताको गुनासा सुनेपछि आगामी बजेट बनाउन हामीलाई सहयोग मिल्छ ।’

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।