२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


भट्टेडाँडाका आगलागी पीडित परिवारलाई राहत वितरण



 

६ जेठ । गतवैशाख ९ गते बागमती गाउँपालिका ३ भट्टेडाँडा भैँसेमा आगलागी पछि पिडित बनेका रामशरण सापकोटाको परिवारलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले आर्थिक सहयोग प्रदान गरेको छ।
घरमा विद्युत शर्टपछि आगलागीबाट क्षति भएपछि पिडित बनेका सापकोटा परिवारलाई राहतस्वरूप शुक्रबार भैँसेमा श्रीकृष्ण प्रणामी धर्म जागरण सम्बद्ध श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिका प्रतिनिधिले नगद रु ७५ हजार राहत रकम हस्तान्तरण गरेको हो ।
गत वैशाख ९ गते सापकोटाको घरमा विद्युत शर्ट भई आगलागी हुँदा साढे ४२ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको थियो ।

राहत सहयोग वितरण कार्यक्रममा श्यामकृष्ण शर्मा, श्रीकृष्ण कृष्ण खड्का, प्रमोद थापा, भुपेन्द्रमान प्रधान गुन्जा देवकोटा लगायत सहभागी थिए ।

युवा परिषदका जिल्ला अध्यक्ष कृष्ण खड्काले पीडितको घाउमा मलम लगाउन सहयोगी संस्थाहरुको तर्फबाट सहयोग रकम संकलन गरी उपलब्ध गरीएको बताए । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माल प्रणामी फजुल खर्च गदैँ माछामासु सेवन नगर्ने र मानवलाई दुःख विपत परेको समयमा सहयोग बताए ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  २ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।