२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र समिक्षा : ‘ए साथी सुन’, राम्रो प्रस्तुती



७ जेठ । पछिल्लो शुक्रबार नेपाली सिने बजारमा दुई चलचित्र प्रर्दशनमा आयो । चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ ।
पछिल्लो समय बक्सअफिसमा चलचित्र फ्लप हुने श्रृखला बढ्दै जाँदा नयाँ चलचित्र कस्तो होला ? धेरैको चासो छ ।
तर चलचित्र ‘ए साथी सुन’ले आशाको सञ्चार गर्ने छनक दिएको छ । साधारण कथामा बनेको यो चलचित्रले दर्शकलाई हलमा टक्क अडिएर हेर्ने अवस्था श्रृजना गरेको छ ।
चलचित्रको कथा भने कुनै नयाँ छैन । तर चलचित्रको प्रस्तुती, कलाकारहरुको अभिनय भने दमदार छ । यद्यपी हामीले चलचित्रको कथामा थुप्रै कमजोरी भेट्टाएका छौं ।
पहिले चलचित्र ‘ए साथी सुन’को राम्रो पक्षका बारेमा कुरा गरौं । चलचित्रमा अभिनेत्री बर्षा सिवाकोटी हँसिली देखिन्छन् । डेव्यु अभिनेता रमेश बाँनियाको अभिनय औसत छ । सिनेमेट्रोग्राफी र भिएफएक्स सुन्दर छ । हेटौडालगायत क्षेत्रमा चलचित्र सुटिङ गरिएको ठाँउको दृश्यलाई सुन्दर ढंगबाट देखाइएको छ । ‘ए साथी सुन’ बोलको गीतले यस अघि नै दर्शक श्रोताको मन तानिसकेको छ । चलचित्रको संवादले कथा र प्रस्तुतीलाई झन् बलियो बन्न सहयोग गरेको छ ।
चलचित्रमा कमी कमजोरी पनि उत्तिकै भेटिन्छन् । गाँउले जीवनलाई यतार्थ ढंगबाट देखाइएको छैन । अभिनेत्री बर्षा र अभिनेता रमेशलगायत कलाकार गाँउमा रहँदा बस्दा असाध्यै सुकुला मुकिला देखिन्छन् । जसका कारण चलचित्र सजीवता दिदैन । दृश्यहरु कृतिम र नाटकीय लाग्छन् ।


चलचित्रमा किचकन्याको भेषमा आउने पात्रले कथालाई डरलाग्दो जंगल रहेको स्प्रष्ट त पार्छ तर किचकन्याको भूमिका कुनै पुष्टि हुँदैन । उनी किन बारम्बार आउँछिन् ? यसको रहस्य चलचित्रमा भेटिदैन । यो विषयलाई कथामा जोडेर जस्टिफाई गरेको भए राम्रो हुन्थ्यो ।
चलचित्रमा टेम्पो ड्राइभर(आयन खड्का) कसरी अभिनेत्री बर्षा सिवाकोटीलाई बन्धक बनाए र अपराधको गर्नुको रहस्य नखुल्दा दर्शकलाई नमिठो लाग्छ । कथाले अप्रत्यासित र जस्टिफाई गर्नै नसक्ने नाटकीय मोड लिदा दर्शकलाई चलचित्र नाटकीय लाग्छ । पत्याउन कठीन हुन्छ । चलचित्रको अन्तिम दृश्य पनि दर्शकका लागि अप्रत्यासित नै लाग्छ । दलित भन्दै अभिनेता रमेश बानियाँलाई अस्वीकार गरेका परिवारले एकै पल्ट कसरी मन परिवर्तन भयो त्यो पृष्टि चलचित्रले गर्दैन । छोरी बर्षा सिवाकोटी हराउदा बाबु रमेश बुढाथोकी किन खोज्दैनन् । अनि घर आएपछि खुशी भएको दृश्य झन् नाटकीय लाग्छ ।
लामो समयसम्म चलचित्रमा अध्यारो दृश्य हेर्दा दर्शकको आँखाले झण्झट मान्ने अवस्था छ । जंगलमा हतियार र मारकाटका दृश्य पनि लामो समयसम्म देखाइएको छ । चलचित्र १ घण्टा ३५ मिनेटको छ । यो तुलनात्मक रुपमा छोटो छ । चलचित्रलाई अझ तन्काएर रोमान्चक बनाउन सकिने अवस्था थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।