२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाह स्टेज चढेपछि फोटोपत्रकार राईद्वारा सम्मान अस्वीकार



ललितखबर
७ जेठ । अभिनेता पल शाह स्टेजमा सम्मान गर्न पुगेपछि फोटोपत्रकार ज्ञानु राई बलत्कारको आरोपितबाट सम्मान ग्रहण नगर्ने भन्दै सम्मान अस्वीकार गरेका छन् ।
चलचित्र पत्रकार संघको पच्चिसौं बार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उद्घोषण गरिरहेका सञ्चारकर्मी नरेश भट्टराईले दर्शकदिर्घामा बसिरहेका अभिनेता पल शाहलाई सम्मानका लागि स्टेजमा बोलाएका थिए ।
फोटोपत्रकार राईले बलत्कारको आरोपि शाहबाट पुरस्कार लिदा सम्मानको नै अपमान हुने भन्दै सम्मान लिन नगएको प्रतिकृया दिए । उनले भने, ‘नावालिकाले मायाँ लागेर मात्रै मुद्दा फिर्ता लिएको बताएकी छिन् । त्यसैले उनको हातबाट सम्मान लिइनँ ।’ पटक पटक नरेश भट्टराईले राईको नाम लिएर बोलाउदा समेत उनी गएनन् ।
उनले अव कार्यालय पुगेर आफ्नो सम्मान पत्र बुझने बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।