२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काँग्रेस ललितपुरलाई दुई वर्षमा २० लाख ५० हजार घाटा



ललितखबर
२० जेठ । नेपाली काँग्रेस ललितपुरलाई २ बर्षमा २० लाख ५० हजारभन्दा धेरै घाटा लागेको छ ।
जिल्ला पार्टी कार्यालयलाई आवश्यक खर्चका लागि पर्याप्त चन्दा नउठ्दा यो घाटा लागेको हो ।
१४ औं महाधिवेशनपछि नेपाली काँग्रेसको पहिलो जिल्ला अधिवेशनमा कोषध्यक्ष दिनमन खड्काले पेश गरेको प्रतिवेदन अनुसार पार्टीको खर्च ४९ लाख ७७ हजार १५० खर्च गरेको छ ।
जिल्ला पार्टी कार्यालयले २९ लाख २६ हजार ५ सय आम्दानी गरेको छ ।
पार्टीले जनप्रतिनिधि र पार्टीबाट सिफारिस भइ सरकारी नियुक्ती पाउनेहरुसँग लेबी उठाउदै आएको छ ।
पार्टीले अपुग रकम जिल्लाका पदाधिकारी सभापति जितेन्द्र श्रेष्ठ,उपसभापति सुर्दशन घिमिरे, कोषध्यक्ष दिलमन खड्का, सचिव बशिष्ठ अधिकारीलगायतसँग सापटी लिएको उल्येख छ ।
पछिल्लो समय काँग्रेसले पार्टी कार्यालय व्यवस्थापनका लागि धेरै खर्च गरेकोले आम्दानी भन्दा धेरै खर्च हुँदा घाटा लागेको बुझिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : २५ बजे