५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘विदेशी चलचित्रलाई नेपालमा नियन्त्रण गर्नुपर्छ’



 

२३ जेठ । सासंद ज्ञानेन्द्र शाहीले विदेशी चलचित्रलाई नियन्त्रण नगरी नेपाली चलचित्रको विकास नहुने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले गतबर्ष नेपाली चलचित्रले ७५ करोड कमाउदा विदेशी चलचित्रले ९० करोड कमाएर लगेको तथ्याङ्क प्रस्तुत गर्दै यी चलचित्रलाई चर्को कर लगाउनु पर्ने बताए ।
उनले तर्क गरे, ‘विदेशी रक्सी चाही विलासी बस्तु, चलचित्र चाही किन विलासी नहुने ?’
उनले ३ सय प्रतिशतसम्म कर लगाउनु पर्ने बताउदै आफूले सासंदको हैसियतले विदेशी चलचित्रलाई नियन्त्रण गर्न नीति नियम बनाउन पहल गर्ने बताए ।


पछिल्लो समय सरकारले ल्याएको बजेटमा चलचित्र क्षेत्रको विकाशको कुनै एजेण्डा नसमेटिएको भन्दै विभिन्न व्यक्तिले गरिहेका छन् । चलचित्र विकास बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसीले बजेटमा चलचित्र क्षेत्र नसमेटिएकोमा दुःख प्रकट गर्दै सञ्चारमन्त्रीमार्फत मन्त्रीपरिषदमा पुन छलफल गर्ने आश्वाशन पाएको सार्वजनिक भइसेकेको छ ।
यसै सन्दर्भमा चलचित्र सम्बद्ध संघ संस्थाले विज्ञप्तीमार्फत असन्तुष्टि समेत व्यक्त गरिसके ।


कर्णालीको जुम्लाबाट सासंद विजयी भएका ज्ञानेन्द्र शाहीले समेत चलचित्र क्षेत्रलाई बजेट नदिइएको भन्दै विरोध गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले चलचित्र क्षेत्र उद्योग भएकाले सरकारले बजेट दिनु पर्ने बताए ।
शाहीले संसद विकाश कोष कर्णालीमा चलचित्र क्षेत्रको विकासमा लगाउने बताए । भारतमा चलचित्रकर्मीको राम्रो सुरक्षा र ठूलो सम्मान हुने उदाहरण दिदै उनले चलचित्र क्षेत्रको विकास गर्न सके हामी पनि त्यो अवस्थामा पुग्ने बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।