५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म



८ असार । काठमाडौंका हलहरूमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा आएको छ। काठमाडौंका हलमा बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्।
बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो।
हलहरूका छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले ‘आदिपुरुष’ वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताए।

बिहीबार उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन हुन लागेको हो।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।