ललितखबर
१२ जेठ । गोदावरी ६ लेलेस्थित भागावन सामुदायिक वन फडानी गरेर पार्क निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार विहान अख्तियारमा ०७३४२३ दर्ता नम्बरमा उजुरी दर्ता भएको अख्तियार श्रोतले ललितखबरलाई जानकारी दिएको छ ।
गोदावरी सरोकारका व्यक्तिहरुको नाममा दर्ता भएको उजुरीमा वडाध्यक्ष विष्णुमान महर्जनको योजनामा स्थानीयहरु राजेश खड्का, नरेश खड्का,रमेश खड्का, पप्पु भन्ने प्रदिप थापालगायतको समूहले कसैले नदेख्ने पिआईए पार्कभन्दा २ सय मिटर टाढा पार्क बनाउने भन्दै रुख फडानी गरेको अभियोग लगाइएको छ ।

दर्ता भएको निवेदनमा १२ देखि १८ इन्च गोलाई भएको रुखहरु डिभिजन वन कार्यालयको अनुमती नलिई कटान गरिएको छ । सामुदायिक वनको हातामा संरचनाहरु निर्माण गर्दा उपभोक्ता समितीको निर्णय समेत नगराइएको उल्येख छ ।

स्थानीयले सामुदायिक वन मासेर संरचना निर्माण गर्न नहुने भन्दै रोक्न खोज्दा उनीहरुले वडाध्यक्ष विष्णुमानको आदेशको हवाला दिएर उनीहरुले काम अघि बढाएका थिए । उजुरीमा डिभिजन वन कार्यालय, ललितपुर, सव डिभिजन कार्यालय चापागाँउ,वन उपभोक्ता समितीलाई रोक्न स्थानीयले पटक पटक अनुरोध गर्दा वेवास्ता गरेको उल्येख छ ।

आयोजना स्थलमा प्रकृया अनुसार योजना र बजेटलगायतको सूचना समेत राखिएको छैन ।
ललितपुरका विभिन्न स्थानमा डिभिजन वन कार्यालयको अनुमती नलिई विभिन्न ठाँउमा रुख काट्ने बनको अधिकार क्षेत्रभित्र संरचना निमार्ण गर्ने क्रम बढेको छ । यसरी संरचना निर्माण गर्ने रुख काट्ने काममा जनप्रतिनिधिहरु संलग्न रहदै आएका छन् । वन क्षेत्र स्थानीय निकायको अधिकार क्षेत्रभित्र पर्दैन ।

उनीहरु उपर वनको स्वीकृत नलिई वन ऐन २०७६ को दफा ४९को खण्ड ग अनुसार कसुर गरेको प्रमाणित भए ५ बर्ष कैद र १ लाखसम्म जरिवाना हुन्छ ।








प्रतिक्रिया