२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सात चलचित्र पुरस्कृत



 

१७ असार । चलचित्र विकास बोर्डको २३औँ बार्षिकोत्सवमा ‘कथा बैंक’ अन्तर्गत सात कथानक चलचित्र र छ लघुचलचित्रका लेखकलाई पुरस्कार प्रदान गरिएको छ । यसका साथै यसै वर्षदेखि सुरु गरिएको लघुचलचित्र प्रतियोगितामा सूर्य शाहीले निर्देशन गरेको ‘व्हिल्स अन द बस’ ९प्रथम०, मिङ्सो लिम्बूले निर्देशन गरेको ‘जुन्को’ ९दोस्रो० र किरण श्रेष्ठ र विभू पौडेलले संयुक्तरूपमा निर्देशन गरेको ‘एट अनोदर विन्टर’ ९तृतीय० पुरस्कार प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताएकी छिन् । चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुन्दरता, संस्कृति र भौगोलिकतालाई चलचित्रमा समेट्न आग्रह गरिन् ।

“अहिले प्रविधिको प्रयोगले प्रचार गर्नु जरुरी छ । हाम्रो कला र संस्कृतिसँगै देशमा भएका महत्त्वपूर्ण उपलब्धिलाई पनि विषय बनाउनु चलचित्रकर्मीको दायित्व पनि हो”, मन्त्री शर्माले भनिन्, “अन्य माध्यमभन्दा चलचित्र निकै प्रभावकारी छ । यसबाट भन्न र दिन खोजेको सन्देशलाई सजिलै बुझाउन सकिन्छ । त्यसैले हाम्रो यथास्थितिसँगै उपलब्धिसमेत समेट्नुपर्छ ।”

उनले विसं २०२७ मै बनेको ऐनअनुसार चलचित्र क्षेत्र चलिरहँदा प्रविधिको विकाससँगै त्यसलाई फेरबदल गर्न आवश्यक रहेको बताइन् । उनले भनिन, “समीक्षा गरौँ, समस्याको पहिचान गरौँ । बोर्डसँगै चलचित्र क्षेत्रसँग जोडिएको सङ्घसंस्थाले हामीलाई मार्ग सुझाउनुहोस्, सरकार तपाईँसँगै छ ।” उनले नेपाल खुला स्टुडियो भएकाले सुन्दरताको प्रचार प्रसार चलचित्र र प्रविधिका माध्यमले गर्न आग्रह गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र नीतिसहितको विविध समस्यालाई समधान गर्न आफूहरू प्रक्रियागतरूपमा अगाडि बढिसकेको जानकारी दिए । उनले भने, “बोर्डले गरिरहेको कार्य र प्रयासको नतिजा केही समयपश्चात सबै थाहा पाउनुहुनेछ । हामीले नेपाली चलचित्र र चलचित्रकर्मीको हित हुने गरी ऐनमा छलफल गर्नुका साथै स्वदेशी चलचित्रलाई टेवा पुग्ने गरी विविध काम गरिरहेका छौँ ।”

 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।