२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनाङ एयरः दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटना(अपडेट)



२६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

सोलु दूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्वु शेर्पाका अनुसार हेलिकोप्टर दुई पालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको खबर स्थानीयले गराएको र घटनास्थलतर्फ प्रहरी गइरहेको छ। हेलिकोप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए।

दुर्घटना भएको हेलिकप्टरमा पाँचै जना यात्रु मेक्किकन नागरिक भएको खुलेको छ। सोलुखुम्बुबाट काठमाडौका लागि १० बजे उडेको हेलिकोप्टर लामाजुरा पुगेपछि सम्पर्कविहीन भएको थियो।

९ एन एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टरमा एक जना पाइलट र अन्य सबै मेक्सिकन नागरिक भएको पुष्टि भएको सोधु दूधकुण्डका प्रमुख शेर्पाले बताए।

हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

 

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।