१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट लागेर एकको मृत्यु



३० असार । झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ । शुक्रबार ५५ वर्षकी सिला बुढाथोकीको मृत्यु भएको हो ।

खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।