११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं महानगरभित्रका व्यापारिक भवनले पार्किङ शुल्क लिन पाउने उच्चको अल्पकालीन आदेश



२२ साउन । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई आफ्ना सेवाग्राहीसँग पार्किङबापतको शुल्क लिन लगाएको रोक उच्च अदालत पाटनले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हाललाई त्यसमा कुनै हस्तक्षेप नगर्न आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले साउन १० गते व्यापारिक कम्प्लेक्सहरुलाई आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क नउठाउन सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले उच्च अदालतमा रिट दायर गरेको थियो ।

अदालतले सो विषयमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्न सकिने बताउँदै दुवै पक्षलाई ३० गते अदालतमा उपस्थित हुनसमेत भनेको छ । ‘यसमा निवेदकले अन्तरिम आदेश समेतको माग गरेकोले सो सम्बन्धमा दुवै पक्षहरूबीच छलफल गराई निष्कर्षमा पुग्न मनासिव देखिएकाले सो प्रयोजनार्थ मिति २०८०/४/३० को पेसी तोकी विपक्षीलाई म्याद सूचना जारी गर्नू,’ न्यायाधीश राजेन्द्र खरेलको एकल इजलाशले जारी गरेको आदेशमा भनिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।