५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बानेश्वरमा कलाकार दिपक दिपाले खोले १० करोड लगानीमा मल्टिप्लेक्स हल



२९ भदौं । अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र निर्मल शर्मालगायतको समूहले काठमाडौंको बानेश्वरमा करिव १० करोड लगानीमा मल्टिप्लेक्स हल शुभारम्भ भएको छ ।
शुक्रबार विहान उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले मल्टिप्लेक्स हलको उद्घाटन गरे ।
पाँच बर्षअघि निर्माण सुरु भएको यो हल कोरोना महामारीलगायतका विभिन्न समस्याका कारण भर्खर निर्माण सम्पन्न भएको हो ।
आईएनआई सिनेमा हल नाम रहेको मल्टिप्लेक्स हलमा ३ सय ८७ जनाको सिट क्ष्।मता रहेको दुई वटा हल शुभारम्भ गरिएको हो ।
अभिनेता दिपकराज गिरीले ‘आइएनआई मल्टिप्लेक्स  हल’ मा आजैबाट नेपाली सिनेमा ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) र ‘नांङ्गो गाउँ’ सँगै ‘जवान’ र ‘द नन् २’ चलचित्र प्रर्दशन सुरु भएको छ ।
यस अघि  समूहले काठमाडौं गोंगबु नयाँ बसपार्कको लोत्से मलमा र रुपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।