२३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र हात्तिछापमा अभिनेता सौगाल मल्ल ‘बोतल राजा’ रुपमा सार्वजनिक



३१ भदौं । नेपाली चलचित्र जगतका भर्सटायल अभिनेताको रुपमा परिचय बनाएका सौगात मल्लको चलचित्र हात्तिछापमा ‘बोतल राजा’को स्वरुप सार्वजनिक गरिएको छ ।
फर्सटलुक सार्वजनिकसँगै निर्माण पक्षले यही माघ २६ गतेदेखि चलचित्र प्रर्दश नगरिने मिथती समेत तोकेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता मल्ललाई राजाको स्वरुपमा देखाइएको छ । चलचित्रमा अभिनेता सौगातसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, विनोद न्यौपाने, पुस्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरीलगायतको पनि अभिनय छ ।
किरण नेपालीको प्रस्तुति रहेको चलचित्र हात्तिछाप सिमोस सुनुवारको निर्देशनमा बनेको हो ।

चलचित्रको छायांकन काठमाडौं र पोखरा गरिएको छ ।
प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, आर्टमाण्डूको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्को वितरण गर्नेछन् । फिल्ममा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी छ भने कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।