३० फागुन । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ । महासङ्घ ललितपुर शाखाको आज बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्वर्गीय धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिएका छन् । “हामीले अहिले रु एक लाख राखेर कोष स्थापना गरेका छौँ,…