१६ पुस ०७७, लगनखेल । २०७७ पुस १५ गते, ललितपुरमा यौनजन्य अपराधका घटना वृद्धि भएको बताइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज आयोजना गरेको ‘ललितपुरमा मानव अधिकारको अवस्थाको वार्षिक पूर्व समिक्षा’ कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । इन्सेक ललितपुरका प्रतिनिधि दिपकप्रसाद घिमिरेले सन् २०२० भरि यहाँ यौनजन्य अपराधका ५२, बहुबिवाह १८…