ललितपुर, ९ साउन । ललितपुर भैसेपाटीको एक कोरियन नागरिकको डेरामा चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १८ भैसेपाटी बुद्धचोक डेरा गरी बस्ने कोरियन नागरिक चो चाङ मीको कोठामा चोरी भएको हो । उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी कोठाभित्र रहेको नगद ८ लाख रूपैयाँ र ४ हजार अमेरिकी डलर सोमबार राति…