२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सातदोबाटो र एकान्तकुनाको ‘फ्लाइओभर’ बजेट नहुँदा निर्माण सुरु भएन



पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ

१७ साउन । ग्वार्काेमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन ।

सडक विभागले ग्वार्काे चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो । ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताएका छन् । उपत्यकामा ग्वार्काेसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो । उनले भने, “पहिलो चरणमा ग्वार्काे चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ ।”

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए । सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्ने उनले बताए ।

 

एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ

यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ । ग्वार्काे चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए । यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए ।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ । विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ । उनले भने, “एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ ।”

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्काे फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ । अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उनले बताए । बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ । चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ४२ बजे