२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका किसान आन्दोलित, महाँकालको पालिका कार्यालय घेराउ गर्दै



कर फिर्ता नभए गाँउपालिकाको कार्यालयमा ताला लगाउनेसम्मको कार्यक्रम सार्वजनिक हुन्छ

ललितखबर
१७ साउन । दक्षिण ललितपुरस्थित महाँकाल गाँउपालिकाका किसान गाँउपालिका विरुद्ध आन्दोलनमा उत्रेका छन् । गाँउपालिकाले दुधमा प्रतिलिटर २० पैसा कर लगाउने भएपछि किसान आन्दोलित भएका हुन् ।
अखिल नेपाल किसान संघका पालिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले आगामी शुक्रबार गाँउपालिकाको कार्यालय घेराउको कार्यक्रम राखिएको बताए । भने, ‘कर फिर्ता नभए गाँउपालिकाको कार्यालयमा ताला लगाउनेसम्मको कार्यक्रम सार्वजनिक हुन्छ ।’
अध्यक्ष घिमिरेले दक्षिण ललितपुरमा कुनै पनि दुग्ध व्यावसायी नभएको दावी गरे भने, ‘यहाँ राजधानी, नवप्रभात र मदानी डेरीका एजेन्टले दुध भरेर लैजान्छन् । उनीहरु एजेन्ट हुन् । त्यो कर हामीलाई नै लगाउछन् ।’
गाँउपालिकाका अध्यक्ष गणेश केसीले व्यावसायीहरुसँग छलफल र सहमतीपछि कर लगाउने निर्णय गरिएको बताए ।

 

गाँउपालिकाले सडक बनाई दिएर ठिक्क पारि दिनु पर्ने तर कर चाही नतर्ने हुनै सक्दैन । दर्ता गरेर कर नतिर्ने खारेज हुन्छन्

कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर : ललितखबर

महाँकाल गाउपालिकाका किसानसँग दुध किनेर लैजाने व्यापारीहरु गाँउपालिकामा दर्ता नभए दर्ता गरेर काम गर्न दिने अध्यक्ष केसीले बताए । भने, ‘गाँउपलिकामा दर्ता पनि नहुने र कर पनि नतिर्नेलाई व्यावसाय गर्न दिइदैन । गाँउपालिकाले सडक बनाई दिएर ठिक्क पारि दिनु पर्ने तर कर चाही नतर्ने हुनै सक्दैन । दर्ता गरेर कर नतिर्ने खारेज हुन्छन् ।’ नाफामुलक संस्थाले कर तिर्दिन भन्नु गैरकानुनी हुने बताए ।
कर किसानलाई लगाए व्यावसाय नै गर्न नदिने उनको भनाई छ ।
अध्यक्ष केसीले गाँउपालिकाले बर्षाको बेलामा समेत सडक बनाएर दुध बिक्रि व्यावसायीहरुलाई गर्न सहज बनाएको दावी गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ४३ बजे