बागमती पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाँैडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको निधन भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका…