२१ चैत्र । काठमाडौँको कोटेश्वर, बल्खु र बसुन्धरामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोकका ३५ वर्षीय हरिशरण अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा…