२५ वैशाख ०७९, ललितपुर । ललितपुरको महालक्ष्मी नगरमा गठबन्धनकातर्फबाट माओवादीका शिव कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच तीब्र प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेको हो । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले…