काठमाडौं काठमाडौं मुड्खु चेकपोष्टमा मोटरसाइकल दुर्घटनामा परेर यात्रुको निधन भएको छ भने चालक घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको निधन…