काठमाडौँ आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौंका उम्मेदवारहरुले मात्रै २५ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारले गर्ने खर्चको सीमा तोकेर सार्वजनिक गरेको व्यवस्थामा काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र…