काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। उज्वेकिस्तानको तास्केन्तस्थित बुन्योदकोर स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दा अन्य पाँच खेलाडीले पनि गोल गरे। नेपालले खेलको सुरुवातदेखि नै दबदबा जमायो। सातौं मिनेटमा गीता रानाले गोल गर्दै…