ललितपुर । जाउलाखेलस्थित सदर चिडियाखानाभित्रबाट दुर्लभ रेडपान्डा चोरीको प्रयास भएको छ। मंगलबार बेलुकी रेडपान्डा चोरी गर्ने प्रयास भएको पाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । मंगलबार साँझ दुई युवाले रेडपान्डा चोरी गर्ने प्रयास गरेका सीसीटीभी फुटेजमा देखिएको छ । उनीहरू को हुन् भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।