काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित रत्न राज्य स्कुल नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा.६५ प ६१६२ नम्बरको मोटरसाइकलमा सवार ३५ वर्षीय कृष्ण थापालाई बा.प्र.०१–०२६ च २६०५ नम्बरको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते थापाको बिएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। मृतक थापा रामकोटकै स्थायी बासिन्दा हुन्।…