काठमाडौं । यातायात व्यवसायीले गरेको सवारी साधन बन्दको कारण समस्यामा परेका नागरिकको सुविधाको लागि नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बस सेवा सञ्चालन गरेको छ। अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुईवटा बस सञ्चालन गरिएको प्रहरीले जनाएको छ। विभिन्न आठवटा यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै आज देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेका…