काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ सय ७ ग्रामसहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७…