२६ असार । काठमाडौँको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो । सुन्धारामा अवैध रूपमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि…