२३ साउन ०७७, ललितपुर । काठमाडौँ उपत्यकामा केही दिनयता कोरोनाका सङ्क्रमित बढेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंमा ९२ जनामा संक्रमण फेला परेको छ । शुक्रबार ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो…