काभ्रे । काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–१, गोकुलेकी २१ वर्षीया रेनुका लुङ्गेलीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ। राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टर प्रयोग गरी समयमै उद्धार गरिएकाले आमा र नवजात शिशुको ज्यान जोगिएको हो। रेनुकालाई सोमबार साँझ सुत्केरी बेथा लागेपछि गोकुले स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। तर अवस्था जटिल बन्दै गएपछि मंगलबार हेलिकप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग…