काठमाडौं । मनसुन सुरु भएयता काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सर्पको टोकाइबाट ३८१ जना प्रभावित भएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार बिहीबारसम्म सर्पदंश भएर उपचारका लागि आएका व्यक्तिको संख्या ३८१ पुगेको हो। अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोट र काभ्रेका पीडितहरू अस्पतालमा आएका छन्। उनले पहाडी क्षेत्रहरूमा धेरैजसो…