४ माघ ०७८, काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलमा सत्ता गठबन्धनका नेताहरु वैशाखमै निर्वाचन गर्न सहमत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री…