१ जेठ । आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा ‘नेपाल फेसन फेस्टिभल २०२४’ हुने भएको छ। ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ नाराका साथ नेपालमै पहिलोपटक फेसन नेटवर्क नेपाल (एफएनएन) ले फेस्टिभल आयोजना गर्न लागेको हो। फेस्टिभल ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ।…