भक्तपुर १९ फागुन । भक्तपुरमा असी वर्ष अगाडिको सम्पदा, रहनसहन झल्कने दुईदिने ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी–२०८०’ गरिएको छ । भक्तपुर पर्यटन विकास समितिले भक्तपुर दरबार क्षेत्रको पचपन्न झ्याले दरबार अगाडिको लामोपाटीमा शुक्रबारदेखि आयोजना गरेको प्रदर्शनी आज साँझ सम्पन्न भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँदेखि विद्यार्थी, स्वदेशीदेखि एवं विदेशी पर्यटकले प्रदर्शनीमा रहेका…