१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मैथिली भाषामा लेखिएको ’अर्चनाकृत रामायण’ विमोचन



ललितपुर
२ फाल्गुन । नेपालमा पहिलोपटक मैथिली भाषामा लेखिएको रामायणका ’अर्चनाकृत रामायण’को विमोचन गरिएको हो ।

पत्रकार समेत रहेकी लेखक अर्चना झाद्वारा लिखित रामायणका पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले गोदावरी बाँडेगाउँमा विमोचन गरेका हुन् ।

लेखक अर्चनाले कार्यक्रममा बोल्दै मनवाता परोपकारमय भावना, सन्तहरूको संरक्षण, धर्मानुकूल आचरण, चरित्रहीन भावना, धर्मानुकूल आचरण, चरित्रहीनयता, दुष्टहरूको विनाश, एवं धर्मको अभ्युत्थान जस्ता मानव हितकारी विषयवस्तु यस पुस्तकमा समेटिएको धारणा राखिन् ।
उनका अनुसार, ’यस रामायणमा श्री सीतारामको संस्कार, मर्यादा,धर्म, प्रेम, वचनबद्ध, रीत, आदर, सम्बन्ध आदिको समाजिक करण इतिहास निकै समृद्ध छ ।
लेखक अर्चनाले भनिन्,‘बाल्मिकी रामायण’ र ’रामचरितमानस’ ग्रन्थको आधार मानेर संक्षेपमा मैथिली भाषामा सम्पूर्ण रामायण लेखेकी छु ।’
अर्चनाकृत रामायण’ लेख्न चार वर्ष लागेको उनले कार्यक्रममा जानकारी दिएकी थिइन् ।
नेपालमा मैथिली भाषामा गद्यमा रामायण नलेखिएको उनको दाबी छ ।

यस रामायणमा भएको मैथिली लोकगीत र मिथिला पेन्टिङले किताबलाई थप शोभा बढाएको लेखकले जानकारी दिइन्।
आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ’वाल्मीिकी रामायण’ त्रेता युगमा भएको मानिन्छ । पवित्र धार्मिक ग्रन्थको रूपमा रहेका रामायणका मुख्य पात्रहरू, दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु बशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बिभिषन, बाली, सुग्रीभ, जटायु आदि रहेका छन् ।
सनातन हिन्दू धर्मावलम्बीहरूका लागि अहिले विश्व तथा देशको डरलाग्दो अवस्था हेर्दा प्राचीन मिथिला क्षेत्रका बस्ने देश विदेशमा राम भक्तहरूका लागि यो किताबबाट सादा जीवन उच्च विचारका साथै यो अमृत समान हुने उनको विश्वास छ ।
पुस्तक विमोचनको कार्यक्रमको आयोजक गोदावरी बाँडेगाउँस्थित मामाघर आनाथालय आश्रमले योजना गरेको हो।
यस किताबको ्रकाशनमा सहयोग गर्ने महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, अर्थकोण मल्टीपर्पोज प्रा.ली र नेपाल म्युजिक फाउन्डेसन रहेको छ भने पुस्तककको सम्पादक बिनित ठाकुर रहेका छन् ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ३४ बजे