१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भक्तपुरमा ८० वर्षअघिका पुराना तस्विरहरुको प्रदर्शनी



भक्तपुर
१९ फागुन । भक्तपुरमा असी वर्ष अगाडिको सम्पदा, रहनसहन झल्कने दुईदिने ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी–२०८०’ गरिएको छ ।

भक्तपुर पर्यटन विकास समितिले भक्तपुर दरबार क्षेत्रको पचपन्न झ्याले दरबार अगाडिको लामोपाटीमा शुक्रबारदेखि आयोजना गरेको प्रदर्शनी आज साँझ सम्पन्न भएको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँदेखि विद्यार्थी, स्वदेशीदेखि एवं विदेशी पर्यटकले प्रदर्शनीमा रहेका ऐतिहासिक तस्वीरहरूको अवलोकन गरेको समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले जानकारी दिए ।

भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रीतिरिवाज, संस्कृति झल्कने ६८ वटा तस्विर प्रदर्शनीमा राखिएको फोटोग्राफर केदार बनेपालीले जानकारी दिए ।

प्रदर्शनीमा स्व बनेपालीले खिचेका ८० वर्षअघिको, केदारप्रसाद बनेपालीले खिचेका ५० वर्षअघिको, सुनी बनेपालीले ३० वर्षअघिको र किसन बनेपालीले २० देखि ३० वर्षअघि खिचेका तस्वीर प्रदर्शनीमा राखिएको फोटोग्राफर केदार बनेपालीले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : ४६ बजे