५ चैत्र । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले रु एक लाख एक हजार एक सय ११ राशिको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको हो । शाखाले यही चैत २५ गते काठमाडौँमा आयोजना गर्ने अधिवेशनमा सो पुरस्कार वितरण गर्ने जनाइएको छ…