काठमाडौं चलचित्र ‘लाज शरणम’को प्रचार सामाग्रीको सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा प्रचार नगर्न नगराउन पाटन उच्च अदालतले आज अन्तरिम आदेश दिएको छ । पूर्वमन्त्री मोहम्मद अफताव आलमले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएका हुन् । चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली,…