काठमाडौँ २७ असार । पहिलो चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध ‘लोकर्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा छनोट भएको छ । आगामी साउन २३ देखि भदौ १ गतेसम (अगस्ट ७ देखि १७ सम्म) चल्ने महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा फिल्म छनोट भएको…