४ फागुन । फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ। खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ। अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको…