काठमाडौं ५ असोज । चलचित्र ‘मायावी’मा एक्सन तथा चलचित्र निर्देशक चन्द्र पन्त निर्माताका रुपमा अनुबन्धित भएका छन् । अभिनेता राज कटुवाल पनि यस चलचित्रको निर्माता हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत रहेका राजले चलचित्र ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् । निर्देशक दिवाकर भट्टराईद्वारा निर्देशित यस चलचित्रको छायाकंन गर्ने तयारीसँगै टिम निर्माणसँगै कलाकारहरु छायाकंन…