काठमाडौं । चर्चित अभिनेता तथा हास्यकलाकार हरिवंश आचार्य अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा हरिवंश आचार्यलाई मात्र फिचर गरिएको छ, जसले फिल्मको मुख्य पात्रबारे स्पष्ट सन्देश दिन खोजिएको छ। हरिवंशलाई पोस्टरमा जुत्ता सिउँदै गरेको अवस्थाबाट देखाइएको छ, जसले फिल्ममा उनले निभाउने भूमिकाको झलक दिन्छ। पोस्टरले दर्शकलाई टेलिसिरियल ‘हरिबहादुर’ का…