काठमाडौं सफल चलचित्रहरुको शृङ्खला ‘होस्टेल’को निर्माण पक्षबाट नयाँ चलचित्र ‘होस्टेल अगेन’ घोषणा गरिएको छ । निर्माण पक्षले आज सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिन्छ । पोस्टरबाट चलचित्रको सिक्वेलहरुभन्दा कथामा फरक देखिएको छ । चलचित्र थ्रिलर वा सस्पेन्स रहेको पोस्टरले छनक दिएको…