पाटन (ललितपुर) २५ जेठ । पाटनको लिच्छविकालीन सप्तपाताल पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको छ । रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिएका छन् । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी…