काठमाडौँ । पशुपति क्षेत्रका टोलटोलमा चार दशकपछि ऐतिहासिक लाखे नाचको रौनक फर्किएको छ। झण्डै ४५ वर्षपछि लोप हुँदै गएको लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि पुनः सुरु गरिएको हो। पशुपति क्षेत्र विकास कोषअन्तर्गत अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलका अनुसार स्थानीयवासीहरूको सक्रिय सहभागिता र सहयोगले यो जात्रालाई पुनर्जीवन दिन सकिएको हो। जयबागेश्वरी मन्दिर, देवपत्तनबाट…