काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा बोर्डले साउन १ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लामा ‘रेफरल प्रणाली’अनुसार नयाँ प्रथम सेवा बिन्दु तोकेपछि धुलिखेल अस्पताललाई सूचीबाट हटाइएको छ। उक्त निर्णयसँगै स्वास्थ्य सेवा लिन नागरिकलाई ठूलो सास्ती पर्न थालेको छ। प्रथम सेवा बिन्दुमा तोकिएका पाँच सरकारी स्वास्थ्य संस्थामध्ये दुई (धुलिखेल र पाँचखाल पीएचसी) ले चिकित्सक अभाव र पूर्वाधारको कमीका कारण नियमित सेवा…