भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा हृदयविदारक घटना घटेको छ । आइतबार राति एकै परिवारका ४ जनाको सामूहिक हत्या भएको छ । छुरा प्रहार गरी ससुराली पक्षका सदस्यको ज्यान लिएको अभियोगमा ज्वाइ राजेन्द्र राई गम्भीर घाइते अवस्थामा फेला परेका छन् । उनी अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । प्रहरीका अनुसार…