२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बोलाएको गुठी विधेयकसम्बन्धि छलफल पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । युरोप भ्रमणबाट फकिएपछि विधेयकका विषयमा छलफल शुरु गरेका प्रधानमन्त्रीले पत्रकारहरुलाई वालुवाटारको ढोकामै रोकेका हुन् । बैठक चलिरहदा पत्रकारहरुलाई खाजा खान क्याण्टिनसम्म पनि जान दिइएको छैन । पत्रकारहरु वालुवाटारमा हुने हरेक छलफलमा निवास स्थलसम्म जान अनुमति…