एजेन्सी । सिरियामा भूकम्पको भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो । सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ…